२०८२ मंसिर ३ , बुधबार

अमेरिकाले इरानमा हिंसा भड्काएको राष्ट्रपति इब्राहिम रायसीको आरोप




इरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ ।

‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार