हङकङ बजार फेरि सञ्चालनमा आउदैँ

सुर्खेत । हङकङ बजार पुन सञ्चालनमा आउने भएको छ । वीरेन्द्रनगर-३ जुम्लाराेडमा हङकङ बजार पुन सञ्चालनमा आउन लागेको हाे ।

साेमबार पत्रकार सम्मेलन गर्दै व्यवसायी भुवन ज्ञवालीले साढे ६ कठ्ठा जग्गामा हङकङ बजार निर्माणकाे कार्य जेष्ठ १ गते मंगलबारदेखि सुरु गरेर असार महिना भित्रै सञ्चालन ल्याउने जानकारी दिए ।

उक्त हङकङ बजारमा ५० जना व्यवसाय स्थापित हुने व्यवसायी ज्ञवालीले बताए । १५ करोड लगानीमा हङकङ बजार निर्माण गर्दै छाैँ । २ सय भन्दा धेरैले राेजगारी पाउने उनले भने,` काठमाडौंमा रहेकाे भृकुटीमण्डप जस्तै हङकङ बजार हुनेछ । बजार व्यवसाय मात्रै नभएर सेवामूलक पनि रहनेछ । सुलभ मूल्यमा राम्रो कपडा उपलब्ध गराउने छाैँ ।

हटिया र हङकङ बजारबाट विस्थापित भएका व्यवसायहरुले पुनः निर्माण हुने ठाउँमा सटर भाडा शुपथ मूल्यमा व्यवसायीलाई उपलब्ध गराउने ज्ञवालीकाे भनाइ छ ।

पहिला बसेकाे ठाउँबाट उठाउदा दुई महिनामा कष्टकर जीवन बिताउनु परेकाे एक व्यापारीले बताएका छन् । नगरपालिकाले आफूलाई उठाएपछि बैंककाे व्याज, घर खर्च, छाेराछाेरीकाे पढाई खर्च जुटाउन गाह्रो हुने गरेकाे उनलेे बताए ।

गत फागुन ३ गते वीरेन्द्रनगर नगरपालिकाले सरकारी जग्गा खाली गराउने नीतिअनुसार नगर विकास समितिअर्न्तगत्‌ बनेका संरचनाहरुमा डोजर चलाएको थियाे ।