पश्चिम रुकुममा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

सुर्खेत । पश्चिम रुकुममा भूकम्प गएको छ । आज बिहान बिहान ८ बजेर ५२ मिनेटमा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।