सुर्खेत । सल्यानमा गएराती चट्याङ लागेर एक महिलाको मृत्यु भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासरा कि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।
अहिले सल्लिबजारबाट एक प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
ए.के. सञ्चार । २१ माघ २०७८, शुक्रबार ०८:५०