हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प

हुम्ला । सिमकोटमा लगातारको अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ ।

जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक उपभोग्य वस्तु र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रोकिएको छ ।

निजि एयरलाइन्सहरू उडान भर्न छोडेपछि विकास निर्माणका सामान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल सुर्खेत नेपालगञ्जमै रोकिएको छ ।

मौसम सफा हुँदा दैनिक १५ देखि २५ उडान हुने गरेको सिमकोट विमानस्थलका एयर टाफिक कन्टोलर अफिसर नवराज कटुवालले जानकारी दिए ।

लगातार वर्षा हुँदा सुर्खेत, नेपालगञ्जदेखि सीता, तारा र समिट एयरलाइन्सले उडान भर्न छोडेका हुन् । पाँच दिनदेखि हवाई सेवा ठप्प भएसँगै दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।