एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ४४ हजार १ सय ११ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यस्तै, ५७ हजार ४७७ जना संक्रमण मुक्त भएका छन् । यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ९५ हजार ५३३ पुगेको छ ।
यस्तै, संक्रमणका कारण थप ७३८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख १ हजार ५० जनाको मृत्यु भइसकेको छ।
ए.के. सञ्चार । १९ असार २०७८, शनिबार १३:५३