भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।

वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।