अमेरिकाको भर्जेनिया विश्वविद्यालयमा परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु

  ।   २९ कार्तिक २०७९, मंगलवार १०:१४

काठमाडौं । अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ। विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ।

विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्। भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ।

Next Post

बुद्ध एयरकाे एटिआर ७२ विमानले पुसदेखि सुर्खेत–काठमाडौँ उडान भर्ने

२९ कार्तिक २०७९, मंगलवार १०:१४
सुर्खेत । बुद्ध एयरको एटिआर ७२ विमानले सुर्खेत–काठमाडौँ उडान भर्ने भएको छ । पुस महिनाबाट बुद्ध एयरको एटिआर ७२ विमानले नियमित सुर्खेत–काठमाडौँ उडान भर्ने भएको हाे । जसका लागि भाडा दर सात हजार ५०० रुपैयाँ कायम हुने भएको छ । यस्तै, सुर्खेत विमानस्थलमा बुद्ध एयरले बुधबार एटिआर ७२ विमान मार्फत […]

सम्बन्धित शीर्षक