एक महिला झुण्डिएको अवस्थामा मृत फेला

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ।

उनको शव आफ्नो घरदेखि झण्डै ५ सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको हो । महिला २७ गते साँझदेखि हराइरहेको वडा अध्यक्ष नारायण रेग्मीले बताए । खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

ती महिलाका पाँच महिनाको एउटा छोरा दुधे बालक र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेको रेग्मीले जानकारी दिए ।