पाठेघरको समस्या छ ? यस्ता छन् बच्ने उपायहरु

महिलाहरुको शरीरको विभिन्न अंगहरुमध्ये पाठेघर एक हो । पाठेघर महिलाको संवेदनशील अंग हो । आज भोलि पाठेघरको समस्या अधिंकाश महिलाहरुमा देखा परेको छ । विशेष महिलामा सबैभन्दा बढी देखिने समस्या भनेको पाठेघरको मुखको क्यानसर हो । यदि क्यानसर नै नभए पनि पाठेघरम विभिन्न व्रकारका समस्याहरु देखिन सक्छ ।

पाठेघरमा हुने समस्या

– पेट दुख्नु

– पानी बग्नु

– पाठेघरको मुखमा घाउ हुनु

– गर्भवती हुदा बच्चा पाठेघरभन्दा बाहिर बस्नु

– महिनावारी नियमित नहुनु

– बच्चा जन्माउँदा जटिल हुनु

बच्ने उपाय

– महिनावारी भएको बेला यौनसम्पर्क नराख्ने ।

– २० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने ।

– २० बर्ष नपुगी महिलाले बच्चा नजन्माउने ।

– एकभन्दा बढिसँग यौन सम्पर्क नगर्ने ।

– योनीलाई सधै सफा राख्ने ।

– विशेषगरी महिनावारीको बेला सफाईमा ध्यान दिने ।

– महिनावारीका बेला प्रयोग गर्ने कपडा वा प्याड सफा र स्वच्छ प्रयोग गर्ने ।

– ३ बर्षदेखि ५ बर्षको अन्तरमा दोस्रो सन्तान जन्माउने ।

– धुम्रपान नगर्ने ।

– बच्चा जन्माउँदा २० देखि ३० बर्ष भित्र जन्माउने ।