सानीभेरीमा जीप दुर्घटना, एक जनाकाे मृत्यु

जाजरकोट । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका-११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सानीभेरी-३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।