मुगुमा बस दुर्घटना, २२ जनाकाे मृत्युु

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिकास्थित पर्चानीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी माधव श्रेष्ठले जानकारी दिए । बसमा कति यात्रु सवार थिए ।

गमगढीबाट झण्डै २ घण्टाकाे दुरीमा भएको दुर्घटनामा घाइतेहरूलाई उद्धार गरि जिल्ला अस्पताल मुगु लागिएको छ । घाइतेहरूकाे अस्पतालमा पुर्‍याउने काम भईरहेकाेले अस्पताल पुर्यापछि मात्रै मृत्युको संख्या एकिन गरिने प्रहरीले जनाएको छ ।