कर्णाली प्रदेशमा कार्तिक ३ गते सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा यहीँ कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ । असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । असोज शक्ल पूर्णिमा दशैँको अन्तिम दिन अर्थात् कोजग्रत पूर्णिमा पनि हो ।

प्रदेशमा रहेको सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।