हुम्ला पहिरोमा पुरिएका ६ जनाकै ज्यान गयाे

हुम्ला ।  हुम्लामा पहिरोमा पुरिएका ६ जनाकै ज्यान गएको छ । पहिरोले खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँका धनवीरे शाहीको घर पुरिँदा उहाँसहित ६ जनाको ज्यान गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

उनका अनुसार पहिरोमा ७० वर्षीय धनवीरेसहित उहाँकी ४० वर्षकी छोरी आशा शाही, ५५ वर्षका ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र, ५ वर्षीय हुमेश र तीन वर्षीय जसबहादुरको ज्यान गएको छ ।

हिजो नै पहिरोले घर पुरिए पनि आज बिहान खोजीकार्य थालिएको थियो । हिजो राति भएकाले खोजीकार्य सुरु हुन सकेको थिएन ।