थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ ।