तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ ।

११ शव अझै पनि घटनास्थलमा रहेको छ ।खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।