काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मंगलबार