एसईईको परीक्षा तालिका प्रकाशित गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका प्रकाशित गर्ने तयारी गरेकाे छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले (भोलि) बिहीबार सम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको जानकारी दिएका हुन् ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । रायमाझीकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ ।

बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ। यस्तै बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।