कालीकोटको शान्नि त्रिवेणीमा स्वतन्त्र उम्मेदवार केसि विजयी

सुर्खेत । कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार माेहनबहादुर केसी विजयी भएका छन् ।

उनले १ हजार ८२२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार डम्बरबहादुर शाहीले १ हजार ३२५ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) कि उम्मेदवार पार्वति सिंह (संञ्याल) १ हजार ६७२ मत ल्याएर विजयी भएकी छन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार पशुविना बमलाई पराजित पारेकी हुन् । उनले १ हजार २१४ मत पाएका छन् ।