एमालेले चैत ९ र १० केन्द्रीय कमिटीको बैठक बोलायाे

काठमाडौ । नेकपा एमालेले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए ।