सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। हालसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का अग्रस्थानमा रहेका छन्।

मतगणनाको पछिल्लो अपडेटअनुसार खड्काले २ हजार ५१० मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १ हजार ४४२ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ कम्युनिष्ट पार्टीका जितबहादुर रानाले २५४ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले ६० मत प्राप्त गरेका छन्।
हालसम्मको मत परिणामले सुर्खेत–१ मा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा देखिएको छ। मतगणना जारी रहेकाले आगामी परिणामसँगै प्रतिस्पर्धाको अवस्था अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।







