कालीकोटमा चार स्थानीय तहको मतगणना सकिँदा शाही अग्रस्थानमा



कालीकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत केही स्थानीय तहको मतगणना सम्पन्न भएको छ। पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका तथा तिलागुफा नगरपालिकाको मतगणना सकिँदा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा देखिएका छन्।

हालसम्मको मत परिणामअनुसार शाहीले ५ हजार ५२१ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार नगिन्द्र शाहीले ४ हजार १५७ मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले ३ हजार ९९८ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले २ हजार २९९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले १ हजार १९ मत पाएका छन्।

चार स्थानीय तहको मतगणना सकिँदासम्म प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणामले प्रतिस्पर्धाको अवस्था अझ स्पष्ट हुने देखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार