दैलेख–१ मा ९ हजार ५०० मत गणना, कांग्रेसकी वासना थापा अग्रस्थानमा



दैलेख। दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। हालसम्म ९ हजार ५०० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार वासना थापा अग्रस्थानमा रहेकी छन्।

हालसम्मको मत परिणामअनुसार थापाले २ हजार ९७४ मत प्राप्त गरेकी छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार रविन्द्रराज शर्माले २ हजार ३२९ मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले २ हजार ४२४ मत प्राप्त गरेका छन्। यो परिणामले दैलेख–१ मा तीन प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अन्य उम्मेदवारतर्फ नेकपाका अमरबहादुर थापाले ३३८ मत पाएका छन्। राप्रपाका रणबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन् भने मादल चुनाव चिह्नबाट उम्मेदवारी दिएका जगतबहादुर ओलीले १६० मत पाएका छन्।

त्यस्तै हलो चुनाव चिह्नका रणबहादुर सिंहले १३१ मत पाएका छन्। गुलाफ चुनाव चिह्नका रामलाल विश्वकर्माले १०१ र पुनः १०३ मत प्राप्त गरेका छन्।

मतगणनामा हालसम्म ५०७ बदर मत देखिएको छ।

हालसम्मको परिणामले दैलेख–१ मा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा केन्द्रित भएको देखिन्छ।

 

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार