ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, तीन घाइते 

सुर्खेत । रूकुम पश्चिमको आठबिसकोटबाट जाजरकोटको रिम्ना जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाकाे र मृत्यु ३ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो भे २ त १६६८ नम्बरको ट्याक्टर आठबिसकोट नगरपालिका-१४ छेपारेस्थित जाजरकोट-डोल्पा सडकबाट भेरी नदीमा खस्दा २ जनाका मृत्यु र ३ जना घाइते भएका हुन् ।

मृत्युु हुनेमा ट्याक्टर चालक आठबिसकोट नगरपालिका-१४ छेपारेका २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको रूकुम पश्चिमका डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

यस्तै, घाइते हुनेमा सोही स्थानका आठबिसकोट– १४ का चिन्तामणि शर्मा, सोही ठाउँका १८ वर्षीय विकास पोखरेल र सानोभेरी– ४ का १६ वर्षीय निशान बुढाथोकी घाइते भएका छन् ।

घाइतेको मिसन अस्पताल चौरजहारीमा उपचार भएको थियाे उनले भने,`तीन जना मध्ये बुढाथोकी डिस्चार्ज भएका छन् भने अन्य दुईजना शर्मा र पाेखरेललाई थप उपचारका लागि हस्पिटलले नेपालगन्ज रिफर गरेको छ ।

तीव्र गतिका कारण दुर्घटना हुन सक्ने डीएसपी पोखरेलले बताए ।
ट्याक्टर नदीमा खस्नुअघि नै त्यसमा सवार रहेकाहरू उछिट्टिएर पाखामा पुगेको उनका भनाइ छ ।