कालिकोटमा बाेलेराे जीप दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत । सुर्खेतबाट कालिकोटकाे घाटाचाैर जाँदै गरेकाे बाेलेराे जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बिहीबार राति कालिकाेटकाे घाटाचौर जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेराे जीप पचालझरना गाउँपालिका-८ काे सिजाबगरमा दुर्घटना हुँदा ६ जना सामान्य र ६ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा पलाँता गाउँपालिका–२ निवासी १८ वर्षीय पारस कामी, ७० वर्षीय जयमल कामी, पलाँता-६ निवासी ७० वर्षीया एैमन बिक, ३४ वर्षीया लालभक्त बिक रहेका छन् । यस्तै, पलाँता गाउँपालिका-६ निवासी २५ वर्षीय पुष्कर बिक, ६१ वर्षीय लाल बिक, २५ वर्षीया लक्ष्मी बिक, २० वर्षीय जनराज बिक र सोही गाउँका २१ वर्षीय राजन बिक, ३० वर्षीय धनराम बिक रहेका छन् ।

साथै, दुर्घटनामा जीप चालक रास्कोट नगरपालिका-६ का २२ वर्षीय दिनेश फर्साल र सहचालक १८ वर्षीय रमेश फर्साल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

१२ जना मध्ये गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर भएको उनले बताए ।

बाकी घाइतेहरुकाे जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

जीप सडकबाट करिव एक सय मिटर तल भीरमा खसेको उनले भने,` जीप के कति कारणले दुर्घटना भएको हाे अनुसन्धान भइरहेको छ । चालकले भनेअनुसार गाडीमा समस्या भएको बताएका थिए ।`