वीरेन्द्रनगरका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

सुर्खेत । वीरेन्द्रनगरका नव निर्वाचित सबै पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।  मंगलबार समन्वयको हलमा वीरेन्द्रनगरका प्रमुख माेहनमाया ढकालले उपप्रमुख सहित १६ वटा वडाका वडाध्यक्ष र सदस्यहरुले शपथ खुवाएकी छन् ।

यस्तै नवनिर्वाचित नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) ले  पदभार ग्रहण गर्दै नागरिकका माैलिक हक अधिकारलाई पूर्ण रुपमा सहज बनाउने नगरप्रमुख ढकाल (भण्डारी)ले बताईन् ।

यसैगरी नागरिकका अधिकारका लागि आफू,’ सधै सचेत रहने र सेवा प्रवाह निकायले गर्नु पर्ने दायित्व पुरा गर्ने ढकालले जानकारी दिईन् ।

यस्तै नवनिर्वाचित नगरप्रमुख ढकाल र उपप्रमुख खनालले वीरेन्द्रनगर ४ मा रहेको पर्यटकीय स्थल शहित पार्कमा शहिदहरुको सम्झनामा माल्यार्पण गरेका थिए ।