काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा घाईते भएकी छन् ।
ललितपुरको जाउलाखेलमा शुक्रबार दिउँसो दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी दुर्घटना भएको हो ।
टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।

सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिस्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्