काठमाडौं । युक्रेनको सरकारी आणविक निरीक्षणालयले शुक्रबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आइएइए रुसी प्रचारमा फसेको आरोप लगाएको छ । एक प्रमुख आणविक भट्टीबाट मस्कोको सेनालाई निष्कासन गर्न किभले गरेको प्रयासलाई सहयोग गर्न माग गर्दै उसले यस्तो आरोप लगाएको हो ।
मस्कोको सेनाले युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्र कब्जा गरेको छ । यो युरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र हो । आक्रमणअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले सोभियत ज्ञानको प्रयोग गरेर आफ्नै आणविक हतियारहरू सिर्जना गरिरहेको आरोप लगाएका थिए ।
यस हप्ता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाइ सम्बोधन गर्ने क्रमम भट्टीमा प्लुटोनियम र युरेनियमको ठूलो भण्डार रहेको र त्यसलाई आणविक हतियार बनाउन प्रयोग गर्न सकिने आइएइएका महानिर्देशक राफेल ग्रोसीले बताएका थिए । तर, निरीक्षणालयलका कार्यबहाक प्रमुखले ओलेक कोरिकोभले महानिर्देशकको भनाई पूर्णतया असत्य भएको बताए ।
ए.के. सञ्चार । १४ जेष्ठ २०७९, शनिबार ११:१९