वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य तथा वडा नम्वर १२ का सदस्य यमुना नेपाली पाँच वर्षसम्म जनप्रतिनिधिका रुपमा काम गरिन् । यसपटक पनि वडामा दोहोरिएकी छन् । प्रस्तुत छ नगरपालिकाका कार्यपालिका सदस्य नेपालीसँग गरिएको कुराकानी
सर्वप्रथम त यहाँलाई बधाई छ
धन्यवाद
अघिल्लो कार्यकालमा पाँच वर्षसम्म स्थानीय तहमा रहेर काम गर्नुभयो, यसपालीको निर्वाचनबाट पनि निर्वाचित हुनुभएको छ कस्तो अनुभव गर्नुभएको छ ?
एकदमै खुसीको अनुभव भएको छ पुःन काम गर्ने अवसर प्राप्त भएको छ । फेरी पनि जनताका कामहरु गर्ने र जनताको विश्वास टुट्न नदिने र जनताको शिर झुक्न नदिने हिसाबले बाँकी रहेको कामहरु गर्ने पुरा गर्ने र नयाँ योजना बनाएर आगामी दिनहरुमा अझै राम्रा कामहरु गर्ने योजनामा छु ।
अहिलेको निर्वाचनमा कर्णाली प्रदेश अधिकांस स्थानीय तहहरुमा दोहोरिएका धेरैजसो उम्मेदवारहरु पराजित हुनुभएको छ । तपाई पुनः दोहोरिनुभएको छ । कसरी सफल हुनुभयो ?
यसमा चाँही दोहोरिदा पराजित हुने विषयमा धेरै कुरालेले निर्धारण गर्दो रहेछ । कतिपय अवस्थामा जनताको सेवा गर्दागर्दै राम्रो काम गरेछु भन्दा भन्दै पनि कति पय अवस्थामा नीतिले नमिल्ने कुराहरु प्नि गर्देको भए हुन्थ्यो भन्ने हुन्छन् र नीतिगत रुपमा नमिल्ने काम नगर्देकोमा केही रुष्ट हुने कुराहरु हुन्छ । केही चाँही खुसी हुने जनताको काम राम्रोसँग गरेको महशुस हुने रहेछ । जनताको राम्रा काम गर्दा खुसी हुने रहेछ । जति चाँही सेवा लिदाखेरी टेक्निकली नीति विधिले नमिल्ने कुराहरु छ त्यो कुराको इशु बन्ने कुराले गर्दाखेरी राम्रो काम गर्दागर्दै पनि पराजित हुनुपर्ने अवस्था छ । संभवत वीरेन्द्रनगर नगरपालिकामा पनि हामीले हे¥र्यौ भने दोहोरिने जनप्रतिनिधि एकदमै कम छौ ।
विशेषगरी दोहोरिदा खेरि पहिला अब राम्रो काम गर्न‘भएको छ अहिले अझै राम्रो काम गर्नुहोला भनेर जनमतले चाँही अनुमोदन गरेर पठाइसकेको अवस्थामा मैले पहिला रहेका बाँकी जिम्मेवारहरु पुरा गर्नुपर्छ र केही नयाँ योजना पनि सम्पन्न गर्नुपर्छ जसले गर्दा जनमतको कदर गर्ने कुराहरु र जनतालाई सेवा प्रवाहमा जसरी हुन्छ सरल, सहज र छिटो छरितो तरिकाले हामीसँग अपेक्षा राख्ने कुराहरु र हाम्रो दायराभित्र पर्ने कुराहरुलाई मैले एकदमै राम्रो तरिकाले पहिलाको अनुभवलाई सिकाईको रुपमा लिएर बाँकी दिनमा राम्रो काम गर्ने अपेक्षा छ ।
यसरी स्थानीय तहमा बसेर काम गर्दै जाँदा कस्ता खालका नीतिगत समस्याहरु सामना गर्दै आउनुभएको छ ?
यसमा चाँही विशेष गरेर महिलाका मुद्दाका कुराहरु आउँछन् । जन्मदर्ता, विवाहदर्ता र नागरिकताका विषयहरु धेरै आउँछन् । कतिपय अवस्थामा नेपाली महिला हुनुहुन्छ बच्चाबच्चीहरु यही जन्माउनुभएको छ र बाहिरको विशेष गरि भारत बाट आउनुभएका र यहाँ बच्चा जन्माउनुभएका बच्चाहरुका नागरिकताका कुराहरु आउँछन् । उहाँहरुको अंगिकृत नागरिकता बुवाहरुले बनाउनुपर्ने बुवाहरु नै यहाँ हुनुहुदैन । बहुविवाहको केशमा चाँही हाम्रो पनि विवाह दर्ता हुनुपर्छ , हाम्रो पनि कानुनी अधिकार हुनुपर्छ भनेर आउनुहुन्छ । यसमा उहाँहरुलाई कसरी बुझाउने, काम भएमा मात्र उहाँहरुले जनमैत्री भयो भन्नुहुन्छ । मृत्युदर्ताको कुरामा पनि श्रीमतीसँग डिभोर्स भएर बस्नुभएको छ कोरोनोको कारण श्रीमतीको मृत्यु भएपछि ती श्रीमानले आफ्नो नाममा श्रीमतीको मृत्युदर्ता बनाउनुभयो ।
श्रीमतीसँग सम्पती भएका कारण मरिसकेपछि डिभोर्स भएको पत्नी मेरो हो भनेर आफ्नो नाममा मृत्युदर्ता बनाए । भनेपछि मरिसकेपछि महिलालाई कानुनी न्याय छैन । उसको बच्चाबच्चीहरु थ्यो उनीहरुलाईँ समस्या भयो । यस्ता समस्याहरु धेरै मात्रामा आउँछन् । कार्यपालिकाको सदस्यको रुपमा पनि काम गर्न पाउनुभयो यसरी काम गर्दा महिलाका कस्ता खालका समस्याहरु पाउनुभयो ।प्रदेशको राजधानीको एउटा नगरमा कार्यपालिका सदस्यको रुपमा काम गर्दा अवसरसँगै चुनौतिहरु प्नि आउने गर्दछन् । विशेष गरि कोभिडको समयमा महिलाका इशुहरु बढी मात्रामा आएका थिए । उहाँहरुको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक परनिर्भता हो । अर्को भनेको शिक्षाको अभाव । त्यसैले उहाँहरुको शिक्षाको लागि पनि बजेट व्यवस्थापन गरेर उहाँहरुलाई शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्यमा पनि प्राथमिकता नराख्ने महिलाहरु छन् । कामलाई नै मुख्य ठान्ने प्रवृत्ति छ । त्यसैले महिलाहरुको समग्रतामा स्वास्थ्य, शिक्षामा पहुँच राख्ने तथा सचेतना वृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्न जरुी छ । व्यवसायीक सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको छ ।
नगरका महिलाहरुका सवाललाई कसरी उठान गर्दै आउनुभएको छ ?
महिलाका सवाल उठान गर्दा विशेष गरी व्यवसायलाई जोड दिनुपर्छ । नगरपालिकामा नगर गौरवकै योजनाकोा रुपमा महिलालाई व्यवसाय बनाउन महिला स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गरेका छौ । विशेष गरेर सीप तालिमका कुराहरु , अटोरिक्सा चलाउने महिलाहरु हुनुहुन्छ उहाँहरुले अब हामी गाडी चलाउने हो भन्नुहुन्छ । उहाँहरुलाई अझै थप जिम्मेवारी छ । केही दीदीबहिनीहरु प्ढ्छौ भन्नेहरु पनि हुनुहुन्छ । उहाँहरुको शिक्षाको ग्यारेन्टी पनि हामीले लिनुपर्छ । केही विपन्न, गरिव दलित बस्तीहरुमा सामान्य पढ्ने को लागि सामाग्रीहरु नहुँदा पढाइबाट वञ्चित हुनुपरेको अवस्था छ । त्यसैले नगरको पहिलो बैठकबाटै नै शैक्षिक कोषको व्यवस्था गरेका छौ । हामीले गरिरहेका राम्रा कामलाई निरन्तरता दिने र अन्य राम्रा कामको सुरुवात गर्ने योजनामा छौ ।
आगामी दिनमा कसरी अगाडी बढ्ने योजनाहरुे बनाउनुभएको छ ?
यसमा हामीले पहिला सुरुवात गरेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिने । विशेष गरेर बाटो नभएका वडामा बाटो खोल्ने कामहरु । विजुली नपुगेका वडाहरुमा विजुली पु¥याउने काम, ढल निकासका काम, व्यवसायीक सपोट, अव्यवस्थित बसोबासका कुराहरु उठान गर्नुपर्छ । खानेपानी र फोहोरमैला व्यवस्थापनको काम चुनौति बन्दै गएको अवस्था छ । यसलाई यथासिघ्र व्यवस्थापन गर्नुपर्छ । अब हामीले पहिले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने र अहिले आवश्यकताका आधारमा, प्राथमिकताका आधारमा केही फरक खालका योजनाहरु बनाएर लैजानुपर्छ ।
त्यसैगरी पशुचौपाया व्यवस्थापनको समस्या छ, यसमा केही कामहरु सुरुवात भएका छन् । आगामी दिनमा पुर्वाधार विकासका कुराहरु मात्र नभएर सामाजिक विकासका कुराहरुलाई जोड्नुपर्छ । आगामी दिनमा केही फरक खालका योजनाहरु बनाएर पनि लैजानुपर्छ । हामीले अब अलिकति शुसासन पारदर्शिताका कुराहरुलाई पनि जोड्दै लैजानुपर्छ । पुर्वाधार विकास सँगै सामाजिक विकासका कुराहरुलाइ पनि अगाडी बढाउनुपर्छ ।
ए.के. सञ्चार । ७ असार २०७९, मंगलवार ०९:१५