दिल्लीमा प्रचण्डबिदेश मन्त्रीसँगको भेटवार्ता देखी सेमिनारको प्रमुख बक्तासम्म

सुर्खेत।भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिवार दिनभर ब्यस्त रहने भएका छन ।भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्डले बिदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेछन ।

 

शनिवार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै बिदेश मन्त्री एस जयशंकरसँग द्धि–पक्षीय वार्ता गर्नेछन भने सो लगत्तै बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेछन ।

सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उनले नेपाल भारत सबन्धका बारेमा आफनो टिप्पणी राख्नेछन । साँझ बिदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनेछन, जसमा भारत सरकार मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।

यसैगरी, आइतवार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नेछन, त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नेछन । माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले दिएको सोही दिन आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।गत शुक्रवार दिल्ली पुगेका प्रचण्डलाई भाजपा बिदेश बिभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गरेका थिए । उनी सोमवार नेपाल फर्कनेछन ।