जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

  ।   २३ असार २०७९, बिहीबार १०:४५

सुर्खेत। जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ बर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो ।। स्थानीयका अनुसार बुढाले बोकेको मोवाईलमा समेत क्षेति भएको छ ।

 

Next Post

कर्णालीका पाँच जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

२३ असार २०७९, बिहीबार १०:४५
सुर्खेत। कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ ।सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरुको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो । ‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ,’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, […]