दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब

सुर्खेत। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।

शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ ।शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।

शुक्रबार आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । बिहीबार सर्किट लागेको नेपाल फाइनान्सको मूल्य समेत शुक्रबार ७।७० प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ ।शुक्रबार धेरै गुमाउने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडि रह्यो । यसको मूल्य ४.७७ प्रतिशतले घटेर ३८९.५० रुपैयाँमा ओर्लिएको छ । बिहीबार जस्तै शुक्रबार समेत धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट अग्रस्थानमा ररहेको छ ।