निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

सुर्खेत । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द शर्मा ९कोइराला०, मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘हामीले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति प्रस्ताव ग¥यौँ ।’ उनले १२० दिन समयावधि हुने गरी निर्वाचनको मिति तोकिदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताए ।

प्रधानमन्त्री देउवाले १२० दिनको समयावधि हुने गरी निर्वाचनको मिति दिने जवाफ दिएका थिए । प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको प्रमुख आयुक्त थपलियाले बताए । आयोगले प्रस्तुत गरेको मितिका सन्दर्भमा भने प्रधानमन्त्री देउवाले छलफल गर्न आवश्यक रहेको जवाफ दिएका थिए ।

‘मंसिर २ गतेको हकमा हामीले अलिकति छलफल गरेर मंसिर ५ गते उता नजाने गरी उपयुक्त मिति दिनेछौं,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थपलियाले भने । उनका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्नसमेत निर्देशन दिएका छन् ।​