नागरिकतासम्बन्धी विधेयक सरकारले फेरि राष्ट्रपतिसमक्ष पठाउनुपर्छ –सुरेन्द्र झा

काठमाडौं ।नागरिकतासम्बन्धी विधेयक सरकारले फेरि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता डा. सुरेन्द्र झाले बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उक्त विधेयक संसद्मै फिर्ता गरिदिएपछि झाले यस्तो बताएका हुन् । संसद्ले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

यो विधेयक फेरि सरकारले पठाउनुपर्छ र देशमा रहेका नागरिकलाई अनागरिक हुनबाट जोगाउनुपर्ने उनको भनाई छ । उनले राष्ट्रपतिको निर्णय राजनीतिक उद्देश्यले प्रेरित रहेको आरोप पनि लगाएका छन् । राष्ट्रपतिको कदमले समयक्रममा नेकपा (एमाले) लाई क्षति हुने उनको भनाइ छ ।

यजले राष्ट्रपतिको निर्णय राजनीतिक उद्देश्यले अभिप्रेरित देखिएको जिकिर गरेका छन् । यो कुराले राष्ट्रपति विद्यादेवी भण्डारी दलीय आबद्धताबाट मुक्त हुन नसकेको प्रमाणित भएको उनको दाबी छ ।