जुम्लाको पहिरोमा बेपत्ताको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्री खाँणको निर्देशन

 जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ ।