हामीले परिवर्तन पक्षधरको गठबन्धन बनाएका छौँ –रामचन्द्र पौडेल

काठमाडौं। आगामी चुनावमा अग्रगामी शक्ति र राजतन्त्रलाई फर्काउन चाहने शक्तिको बीचमा प्रतिस्पर्धा भइरहेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भनाई । आज काठमाडौंमा सत्तारूढ गठबन्धनले आयोजना गरेको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेले राजतन्त्र फर्काउन चाहने शक्तिको नेतृत्व गरेको दाबी गरेका छन् ।

‘बाख्रा–बाख्रासँग र भेडा–भेडासँगै हुने हो । प्रतिगमन गर्ने, राजतन्त्र फर्काउन चाहनेहरूको एउटा गठबन्धन भएको छ । परिवर्तनका पक्षहरूहरूको अर्को गठबन्धन भएको छ । हामीले परिवर्तन पक्षधरको गठबन्धन बनाएका छौँ । त्यहाँको गठबन्धनको अनुहार हेर्नुहोस् र यताको गठबन्धनमा को–को छन हेर्नुहोस्’, पौडेलले भने ।