कर्णालीमा एमाले समानुपातिकमा अगाडि

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ देशभरी २२ लाख मत कटाउँदा कर्णाली प्रदेशमा पनि सबैभन्दा बढी मत ल्याएकाे हाे ।
आइतबार विहानसम्म कर्णाली प्रदेशमा गणना भएकाे कुल पाँच लाख ११ हजार ९२९  मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएकाे हाे ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको एक लाख ५३ हजार ८६६ र नेकपा माओवादी केन्द्रको १ लाख २३ हजार ८५३ मत पाएकाे छ । यस्तै नेकपा एकीकृत समाजवादीले ३० हजार ४३० मत पाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको १७ हजार ४८३ मत आएको छ ।