भारत जाने क्रममा जाजरकोटकी एक महिला बेपत्ता

सुर्खेत । जाजरकोटबाट भारत जाने क्रममा एक जना महिला बेपत्ता भएकी छन् ।  जुनिचाँदे गाउँपालिका–९ बस्ने लालबहादुर बुढाकी श्रीमती बिजी बुढा बेपत्ता भएकी हुन् ।

भारतको उत्तरा अञ्चल रुद्ध प्रयागको घोलित जाने क्रममा नेपाल भारतको सिमाना रुपडिबाट बेपत्ता भएकी उनका श्रीमान् लालबहादुर बुढाले जानकारी दिए ।

बुढाले भने, ‘म हाल भारतमा छु । म भएको ठाउँमा उपचारका लागि आएको हो । साउनको ३ गते घरबाट हिँडेको हो । रुपडिया पुगेपछि सम्पर्क विहीन भएको छ ।’

यही कसेले देखेमा, भेटेमा ९८०९०२७९७०९५० र ९८४८११६२१९ मा जानकारी गराइदिन हुन् उनका परिवारले अनुरोध गरेका छन् ।