राष्ट्रिय वन प्राविधिक सञ्जालकाे अध्यक्षमा देवकोटा चयन

सुर्खेत । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल, कर्णाली प्रदेशकाे ऐतिहासिक प्रथम प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ । 

“देशभरका सम्पूर्ण वन प्राविधिकहरु एक हाेऔ”, राष्ट्रिय समृद्धिका लागि वन, वनका लागि दक्ष वन प्राविधिक भन्ने नाराका साथ प्रदेश अधिवेशन समितिले कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयाेजना गरेकाे थियाे ।

वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको छ । उक्त अधिवेशनमा प्रकाश देवकोटाकाे नेतृत्वमा ११ सदस्यीय चयन गरिएको छ ।

जसमा अध्यक्ष प्रकाश देवकोटा, उपाध्यक्ष सिर्जना ओली, सचिव प्रकाश खड्का ,कोषाध्यक्ष टासी टोपगेल तामाङ सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा भुपालनाथ योगि, रमित रावत, सोनाम आचार्य, विपना खड्का मगर, सुरेन्द्र पुन मगर, टोपेन्द्र गिरि र धर्मेन्द्र बुढथापा रहेका छन् ।