सुर्खेत । सुर्खेत जिल्ला अदालत बाहिर तरुण दलका जिल्ला सदस्य विनोद गिरीका आफन्तले विभिन्न पेलेकार्ड सहित प्रदर्शन गरेका छन् ।
गत फागुन १२ गते भएको गोली प्रहारको प्रयासमा मुख्य याेजनाकार प्रकाउ नगरेकाे भन्दै गिरीका आफन्तले प्रदर्शन गरेका हुन् ।
साेमबार गिरीका आफन्तले निर्दाेष नफसाेस दाेषि नउम्काेस, गाेली हानि ज्यानै लिने संगठित अपराधीहरुकाे जालाेसम्म कहिले पुग्छ प्रहरी र पिडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने ? जस्ता पेलेकार्ड बाेकेर प्रदर्शन गरिरहेका हुन् ।
गत फागुन १३ गते गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेकाे थियाे ।
प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए । तर, घटना घटेको महिनाै पुग्दासम्म पनि प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई समात्न सकेको छैन ।
वीरेन्द्रनगर-३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो ।
भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।
प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो ।
ए.के. सञ्चार । ३ बैशाख २०८१, सोमबार १५:३७