महिलाले जुनसुकै क्षेत्रमा चुनाैतिकाे सामाना गर्नुपर्छ: नगरप्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख माेहनमाया ढकालले महिलालाई राजनीतिक गर्न त्यति सहज नभएको बताएकी छन् ।

साेमवार सञ्चारिका समूह कर्णाली प्रदेशकाे आयाेजना र वीरेन्द्रनगर नगरपालिकाकाे समन्वयमा दुई दिने कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम नगरप्रमुख ढकालले महिलाले जुनसुकै क्षेत्रकाे नेतृत्व गर्नु भनेकाे चुनाैतिकाे सामाना गर्नु रहेकाे बताएकी हुन् ।

उनले आफ्नाे कार्यक्षेत्रमा भाेग्न परेकाे विभेदकाे खुलेर प्रतिकार गर्नुपर्नेमा जाेड दिइन् ।

विभेदकाे खुलेर प्रतिकार गरि काम गर्ने वातावरण आफैले सिर्जना गर्नुपर्ने उनले भनिन्,`कानुनमा महिला भएकै कारणले कुनै पनि विभेद गर्न पाइने छैन भन्नेछ । यदि कसैले गरेमा कानुनले नै निर्मूल गरेका छ ।`

सबै कार्यस्थलमा यौनजन्य दुव्र्यवहार विरुद्धमा खुलेर छलफल गर्नुका साथै यस्ता घटना नघट्नु अगावै सचेत र संवेदनशील गराउने परिपाटीको विकास गरेर जानुपर्नेमा नगरप्रमुख ढकालले बताइन् ।

कार्यस्थलमा विशेष गरी महिलामाथि हुने शारीरिक, मौखिक र गैरमौखिक हिंसा तथा दुर्व्यवहार, काम गर्न प्रतिकूल वातावरण, यौन हिंसा जस्ता बिषयमा महिलाहरु आफै पनि सचेत हुनु पर्ने उनले जाेड दिइन् ।

उनले सूचनाको सहि रुपमा सम्प्रेषण गर्नका साथै हरेक क्षेत्रमा महिला सहभागीतामा वृद्धि गर्नु पर्नेमा जाेड दिइन् ।

यस्तै, पहिलाे दिनकाे अन्तक्रिर्या कार्यक्रममा सञ्चारिका समूह कर्णाली प्रदेशकी सल्लाहकार टीका विष्टले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको विषयमा नेपालको कानूनी व्यवस्था, हिंसा र दुर्व्यवहारका प्रकार, यसको रोकथामका लागि गरिनुपर्ने सुझावहरुको विषयमा प्रस्तुतिकरण गरेकी थिइन् ।

अन्तक्रिर्या कार्यक्रम आज र भाेलिसम्म सञ्चालन हुने आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रममा वीरेन्द्रनगरका सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण’ ऐन अनुसार अब सरकारी कार्यालय तथा निजी संघसंस्थामा महिला, पुरुष वा अन्यमाथि हुने कुनै पनि किसिमका यौन हिंसाबारे उजुरी गर्न सकिनेछ।

त्यस्तो उजुरी प्रमाणित भए दोषीलाई ६ महिना कैद र ५० हजार रुपैँया जरिवाना वा दुवै हुनसक्ने व्यवस्था ऐनले गरेको छ ।