महाबै गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने

कालिकोट– महाबै गाउँपालिकाका दुर्गम बासिन्दालाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ।

हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कालिकोटको सहकार्यमा महाबै गाउँपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो।

शिविर माेतिविन्द्र शल्यक्रिया सहितको हुनेछ । चैत २६ गतेदेखि २७ गतेसम्म बिहान ११ बजेबाट महाबै गाउँपालिका कार्यालय, गैरा बाडा, कालिकोटमा सञ्चालन जनाइएको छ।

महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले दुर्गम ठाउँमा रहेका नागरिकहरूलाई स्वास्थ्य सेवा सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

हामी गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यस्तो शिविर आयोजना गर्दैछौं,`अध्यक्ष सिंहले भने।

शिविरमा आँखा परीक्षण, चश्मा वितरण र आवश्यक परेमा शल्यक्रियाको सल्लाह र व्यवस्था समेत गरिने बताइएको छ।

गाउँपालिकाले सबै स्थानीयलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।