कर्णालीका मुख्यमन्त्री विश्वासकाे मत लिने अडानमा, एमाले भन्छ आज र भाेलिमा निकास दिनुपर्छ

सुर्खेत । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसार कर्णालीमा नेकपा (एमाले) ले मुख्यमन्त्रीको पद पाउने भएको छ । तर, सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादी असन्तुष्ट देखिएको छ ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।

मुख्यमन्त्री शर्माले नै निरन्तर कर्णालीकाे नेतृत्व गर्ने पाउने अपेक्षा राख्दै आएका छन् । तर, साेमबार केन्द्रीय सहमति अनुसार कर्णालीमा एमालेले नेतृत्व गर्ने निर्णयमा भने असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी आइतबार प्रदेश सभामा पत्र दर्ता गराएका छन् । केन्द्रमा फरक सहमति भएपनि कर्णालीकाे नेतृत्व माओवादीले गर्नपर्छ भन्ने साेचमा रहेकाे नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले बताए । उनका अनुसार अहिलेसम्मकाे निर्णय अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर नै अगाडि जाने सहमति भएको जानकारी दिए ।

अरु छलफलका बिषयहरु अगाडि बढेकाे छैन,` उनले भने,´ नेतृत्व विच यहि सम्बन्धमा केहि छलफल र निर्णय नभएसम्म यहीँ निर्णयलाई अगाडि बढाउने मुख्यमन्त्रीले भन्नू भएको छ । यदि केन्द्रको निर्णय अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने छाैं । संसदीय दललाई समस्या नै भएको छ । त्याे निर्णय पहिला नै दिन पथ्याे र याे निर्णयलाई समावेश गर भन्न पथ्याे । त्याे नभएर संसदमा पत्र दर्ता भइसकेको छ । पछिल्लो निर्णयमा सत्ता फेरबदल आइसकेपछि नैतिकताका हिसाबले पनि विश्वासकाे मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।`

तर नेकपा एमालेले केन्द्रले जुन निर्णय गरेकाे छ मानेर जानुपर्नेमा अडान राख्दै आएकाे छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले विगतमा पनि केन्द्रल गरेका निर्णयहरु मानेर गएका थियाे भने माओवादीले नाईनास्ति गरेर नहुने बताए । केन्द्रले जुन निर्देशन र निर्णय गरेकाे छ त्याे पालना गरेर मुख्यमन्त्री शर्माले आज अथवा भाेलिसम्म निकास दिदै नै उपयुक्त हुन्छ उनले भने,` यदि केन्द्रकाे निर्णय विपरीत जानू हुन्छ भने हामीले भन्नू केही छैन् । बरु मुख्यमन्त्रीले राजीनामा दिई सहज वातावरण बनाउनुपर्छ ।`

एमालेलाई कर्णालीमा सरकार बनाउन नेकपा माओवादी केन्द्रको साथ पाए पर्याप्त बहुमत पुग्नेछ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग सभामुखसहित १० र माओवादीसँग १३ जना सांसद रहेका छन् ।