सुर्खेत । वीरेन्द्रनगर नगरपालिका भित्रका ६४ वटा सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । प्रति विद्यालयलाई १/१ वटाको दरमा ६४ वटा ल्यापटप वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा नराम्रोसँग प्रभाव परेको छ । त्यसैले वैकल्पिक माध्यामबाट पठन–पाठनलाई निरन्तरता दिनका लागि ल्यापटप वितरण गरिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।
कोरोनाका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको हुदा शिक्षा क्षेत्रलाई केही रुपमा माथि उकास्न लागि परेको बताईन् । उक्त कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको ढकालले बताइन् ।
ए.के. सञ्चार । २ भाद्र २०७८, बुधबार १६:१४