गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ ।

 

वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए ।

बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकुँडा, सिलाई मेसिन र फिल्टरलगायतका सामानहरू अपारदर्शी तरिकाले अन्यत्र लैजान खोजिएको त्यस विषयमा गाउँपालिका उद्देश्यका विषयमा जानकारी दिनुपर्ने अध्यक्ष वलीले बताए ।

 

सार्वजनिक सम्पत्तिको दोहन नरोकिएसम्म अनिश्चितकालसम्म तालाबन्दी गर्ने एमाले गुराँस गाउँपालिकाले जनाएको छ ।