सुर्खेत । लागूऔषध (ब्राउनसुगर) लुकाएर ल्याउँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बाँके प्रहरीले दुई जनालाई मुखमा लागूऔषध (ब्राउनसुगर) लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हाे ।
नेपाल भारत सीमा नाका जमुनाहबाट २२ वर्षीय भरत रावल र ३२ वर्षीय विष्णु रावतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जना तातोपानी गाउँपालिका–३ जुम्लाका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा रावलको साथबाट तीन ग्राम लागू औधष फेला परेको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायव निरीक्षक मिनबहादुर विष्ट र लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जको टोलीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ए.के. सञ्चार । २५ फाल्गुन २०७८, बुधबार २१:१६