कर्णाली प्रदेशमा २४ घण्टामा ३३ नयाँ संक्रमित थपिए, १३ जना निको भइ घर फर्किए

सुर्खेत : कर्णाली प्रदेशभर पछिल्लो २४ घण्टाभित्र ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै १३ संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार २२ र जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार ११ गरी ३३ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

३३ जनामध्ये १८ जना दैलेखका, एकजना सुर्खेतका, कालिकोटका एक, जाजरकोटका एक, रुकुम पश्चिमका एक, पर्साका तीन, बाराका दुई, बाँकेका तीन, अछामका एक, महोत्तरीका एक र काठमाडौँका एक जना छन् ।

यसवाहेक २४ घण्टाभित्र १३ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ६३ पुगेको छ ।

कर्णाली प्रदेशभरी एक हजार ९ सय ४५ जनाले कोरोना जिते भने संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भयो । २ सय १२ जना भने प्रदेशका विभिन्न आइसोलेसनमा छन् ।