पत्रकारिता तथा आमसञ्चारका पूर्वविद्यार्थीको समिति गठन



सुर्खेत । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वविद्यार्थीहरूको भेलाले स्नेहा उपाध्यायको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ।

भेलाले पूर्वविद्यार्थीहरूलाई संगठित गर्दै सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चारसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा शान्ति वि.क., सचिवमा टीकाराम आचार्य, कोषाध्यक्षमा प्रेमप्रकाश चन्द र सहसचिवमा मिलन श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा हरिस्मा चौधरी, यज्ञकुमारी थापा, अप्सरा विष्ट, सूर्यप्रकाश लामिछाने, दीपककुमार बुढा, छत्र सुवेदी, सावित्री गिरी र प्रेमप्रकाश खड्का चयन भएका छन्।

भेलाले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध, सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै सामाजिक कार्य तथा पत्रकारिता र आमसञ्चार क्षेत्रसँग सम्बन्धित रचनात्मक गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार