नगर प्रमुख चढ्ने गाडि बिरामीलाई हस्तान्तरण

सुर्खेत । कालिकोट तिलागुफा नगरपालिकाका मेयर रतन बहादुर शाहीले आफुले चढ्ने स्कारपियो गाडि कोभिडका बिरामी बोक्नका लागि हस्तान्तरण गरेका छन । कोरोना भाईरस पुर्णरूपमा नियन्त्रणमा नआउदा सम्म नगरपालिकाको स्कारपियो कोभिडका बिरामी बोक्नका लागि हस्तान्तरण गरेको मेयर शाहीले जानकारी दिए ।

बिरामीहरुले उपचार नपाएर छटपटिरहेको अवस्थामा आफुले हाईलेक्स गाडि चडेको नसुहाउने हुदा अब बिरामिहरू बोक्नका लागि नगरपालिकाको गाडि तयारि अवस्थामा उनले बताए । स्कारपियो र नगरको एम्बुलेन्स कोभिडका बिरामि बोक्नका लागि तयारि अवस्थामा रहेको नगरपालिकाका कोभिड सूचना अधिकारी चक्रप्रसाद अधिकारीले जानकारि दिए ।