दाङको लमहीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

  ।   ६ कार्तिक २०७८, शनिबार १७:२१

देउखुरी । दाङको लमहीमा शनिबार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

६ कार्तिक २०७८, शनिबार १७:२१
सुर्खेत । सुर्खेत प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट २८ वर्षीय खीमबहादुर बुढालाई पक्राउ गरेको हो । उनी वीरेन्द्रनगर कोलडाँडाका रहेको प्रहरीले जनाएको […]